पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध उभियाे माओवादीकै विद्यार्थी संगठन, कडा संघर्षमा उत्रने
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।
अनेरास्ववियूले आइतबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको हो । अध्यक्ष पञ्चा सिंहले आफुहरुको मागलाई वेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएकी छन् ।
उनले आयल निगमभित्र भएका भ्रष्ट्राचार, चुहावट, अनियमितता र बेथिती अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्नेमा उल्टै अन्तराष्ट्रिय बजारको मुल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिन् ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया