प्रहरी पेट्रोल पम्पमा एक करोड भ्रष्टाचार, असइ दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीको नक्सास्थित कल्णकारी पेट्रोल पम्पमा भएको भ्रष्टाचारमा प्रहरी सहायक निरीक्षक (असइ) दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार भएको ठहर गर्दै असई दिलिप कार्कीलाई दोषी करार गरेको छ । बिशेषका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाले यो मुद्दाको फैसला सुनाएका हुन् ।
उपभोक्ताबाट उठाएको रकमलाई गलत इन्ट्री गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । एक करोड तीन लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अभियोग थियो । दोषी ठहर गरे पनि सजाय भने पछि निर्धारण हुने भएको छ । आयोगले कार्कीलाई ३१ साउन २०७८ मा मुद्दा दायर गरेको थियो।
प्रहरीको यो भ्रष्टाचारमा अन्य प्रहरी अधिकारीको पनि मिलेमतो भए पनि लेखापाल रहेका कार्की मात्र मुद्दामा परेका थिए । पेट्रोल पम्प तथा कल्याण शाखाका कर्मचारी यसमा जोगिएका थिए ।
प्रतिक्रिया