सामाखुसीबाट पक्राउ परे मन्त्रीका भाई
काठमाडौं । बागमति प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाका भाई पक्राउ परेका छन् ।
प्रहरीले अपहरण केसमा मन्त्री लामाका भाइ भोजबहादुर लामालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी वृत्त महाराजगञ्जले लामालाई सामाखुसीको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको जानकारी दियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । पीडितहरु प्रहरी कार्यालयमा उपस्थित भएको र छलफल भइरहेको जनाइएको छ ।
लामाले माला व्यापारीलाई कमिसन नदिएको भन्दै अपहरण गरेको र बिभिन्न स्थानमा लगि कुटपिटसमेत गरेपछि ती व्यापारीले १०० मा फोन गरेर प्रहरीलाई खबर गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया