चीनमा कार्बनमोनोअक्साइडले सात जनाको मृत्यु

एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मङ्गलबार साँझ सान थरका उक व्यक्ति कारखानाको फिडिङ पिटमा पसे लगत्तै उक्त घटना भएको थियो । उक्त मिलमा यस वर्षको सुरुदेखि नै उत्पादन भएको छैन ।
त्यसपछि उद्धार प्रयासमा छ जना उक्त पिटमा पसेका थिए र उनीहरू सबै विषाक्त भएको अनुमान गरिएको छ । पछि अग्निनियन्त्रक र उद्धारकर्मीहरूले तिनीहरूलाई उक्त मिलबाट बाहिर निकालेर अस्पताल पुर्याएका थिए तर उनीहरूको मृत्यु भइसकेको थियो ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया