सर्वोच्चले माग्यो रिगललाई माफी दिनुको लिखित कारण
काठमाडौं । व्यक्ति हत्या आरोपमा सजाय काटिरहेका नेपालगन्जका योगराज ढकाल ‘रिगल’लाई दिइएको आममाफीका विषयमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ ।
श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
सर्वोच्चले असोज २४ गते ५ बजेभित्र जवाफ पेश गर्न आदेश दिएको छ । नेपालगन्जमा रिगलको निर्देशनमा मारिएका चेतनकी श्रीमती भारतीले असोज १४ गते रिट दायर गरेकी थिइन् । चेतनको २०७२ सालमा खुँडा हानी हत्या भएको थियो ।
सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएको थियो ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया