प्रधानमन्त्री गए भूकम्प प्रभावित जिल्ला बझाङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्प प्रभावित बझाङको अवलोकन गर्न नेपाली सेनाको हेलिकप्टरबाट गएका हुन् ।
त्यहाँ पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तरक्रिया गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।
तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्पमा १ जनाको ज्यान गएको छ भने, २० जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् ।
भूकम्पले घरलगायतका भौतिक संरचनामा धेरै क्षति पुगेको भए पनि एकिन विवरण आइसकेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया