इजरायलमा हमासको आक्रमण, ९ नेपाली घाइते, दुई गम्भीर
काठमाडौं । इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ९ नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
इजरायलस्थित नेपाली राजदूतावासले घटनामा ९ जना नेपाली घाइते भएकोमा २ को अवस्था गम्भीर रहेको जनाएको छ ।
घाइते हुनेमा सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थी गत भदौ २७ मा इजरायल पुगेका थिए ।
इजरायलमा रहेका एक नेपाली विद्यार्थीले बताएअनुसार, घाइतेमध्ये पाँच नेपालीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, हमासले कब्जामा लिएको किबुज क्षेत्रमा पनि नेपालीहरू छन् ।
इजरालयलमा करिब पाँच हजार नेपाली रहेको अनुमान छ । हमासको आक्रमणपछि नेपालीहरूले असुरक्षित बनेको भन्दै सरकारसँग उद्धारको माग गरिरहेका छन् । सरकारले परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन अनुरोध गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया