एक करोड भ्रष्टाचारमा असईलाई ६ वर्ष कैद

काठमाडौं । नेपाल प्रहरीको नक्सालस्थित कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने प्रहरी सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई विशेष अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ । एक करोड भ्रष्टाचारको अभियोग लागेका उनलाई ६० लाख ७५ हजार रुपैयाँ जरिवाना र सोही बरामबर बिगो असुलको फैसला भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासबाट सो मुद्दामा सजाय निर्धारण भएको हो । कार्कीलाई १५ असोजमा नै बिशेषले दोषी ठहर गरेको थियो । पेट्रोल पम्पको आम्दानी लुकाएर उनले भ्रष्टाचार गरेको भन्दै दुई वर्षअघि बिशेष अदालतले मुद्दा दायर गरेको थियो । अनियमिततामा संलग्न उच्च पदस्थले पनि यसमा उन्मुक्ति पाएका थिए । पेट्रोल पम्पमा लेखापालका रुपमा कार्यरत कार्की मात्र सजायको भागीदार भएका छन् ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया