कात्तिक ४ गतेसम्म काठमाडौंका यी क्षेत्रमा विद्युत अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसनको स्तरोन्नति कार्य सुरु गरेको छ ।
उक्त सबस्टेसनबाट सञ्चालित क्षेत्रहरु सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै प्राधिकरणले सूचना जारी गरेको छ ।
यद्यपि, यस क्षेत्रहरुमा भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्यूरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट विद्युतको वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
यी क्षेत्रहरुमा यही असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया