काठमाडौं महानगर भित्र सवारी हाँक्दै हुनुहुन्छ ? यी सडकमा लागू हुँदैछ ‘वान वे’

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी आवागमनलाई थप व्यवस्थित बनाउन विभिन्न खडक खण्डलाई ‘वान वे’ बनाउने भएको छ ।
आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी कामनपा वडा नं. १, ११ र २८ भित्र पर्ने सडकमा वान वे लागू गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
जस अन्तर्गत वडा नं. ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल–सेतोपुल–मिलन मार्गतर्फ सवारी जानमात्र दिइने छ ।
वडा नंं. २८ पुतलीसडक, मूल सडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाइने छ ।
त्यस्तै वडा नं. १ र २८ मा पर्ने दरबार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाइने महानगरले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया