कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद्: दुई मन्त्री नियुक्त, मन्त्रालय तोकिएन
काठमाडौं । कोशी प्रदेश सरकारमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई आइतबार नियुक्त गरेका हुन् । कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए लगत्तै दुई मन्त्री नियुक्त गर्दै शपथ गराए ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन् । राई र रानाको मन्त्रालय भने तोकिएको छैन। कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया