गुम्यो प्रभु साहकी पत्नीको मेयर पद
काठमाडौं । नेकपा एमालेको तर्फबाट मौलापुर नगरपालिका, रौतहटको उम्मेदवार बनेर मेयरमा विजयी प्रभु साह पत्नी रीना कुमारी साहको पद गुमेको छ ।
नेकपा एमालेबाट विजयी बनेकी रीना अन्य दल प्रवेश गरेपछि निर्वाचन आयोगले उनको पद गुमेको निर्णय गरेको हो । रीना श्रीमान् समेत रहेका प्रभु साहले आम जनता पार्टी गठन गरेपछि त्यतै लागेकी थिइन् ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै रीना एमाले त्यागेर अन्य दलमा आबद्ध भएकाले मौलापुर नगर प्रमुखको उनको पद गुमेको जनाएको छ ।
यसअघि नेकपा एमालेले केन्द्रीय समितिको निर्णयसहित रीनाले एमाले त्यागेको जानकारी निर्वाचन आयोगमा गराएको थियो । आयोगले उजुरीपछि राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको निष्कर्ष सुनाएको हो ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया