आज एमालेको चियापान, प्रधानमन्त्रीलाई पनि निम्तो
काठमाडौं । एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा कार्यक्रम राखिएको एमालेले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए।
यसअघि एमालेले मंगलबार (कात्तिक १४ गते) चियापान गर्ने भनेकामा एक दिन पछि सार्दै आज चियापान आयोजना गरेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै कार्यक्रमको तालिकामा फेरबदल गरिएको हो ।
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रणा पठाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया