निगम सुधार्न बनेको प्रतिवेदन कार्यान्वयन गर्न अर्को समिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुझाव समिति गठन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा बनेको सुधार प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन भएको हो ।
मन्त्रालयले निगमको संरचनागत र व्यवस्थापकीय सुधार गर्न बनेको उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउन निगमकै पूर्वमहाप्रबन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिको सदस्यमा पर्यटनमन्त्री सुदन किरातीका सल्लाहकार टिकाराम राई, मन्त्रालयका सहसचिव(निगमको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने) र निगमकै प्रशासन महाशाखाका विभागीय प्रमुख रहनेछन् ।
उक्त प्रतिवेदनमा निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि सोल्टी होटलको सेयर खरिददेखि जहाज थपलगायतका सुझाव पेश गरिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया