माधव नेपालसहित १४ सांसद विरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १४ सांसद विरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्चको न्यायाधीशद्वय अनिल कुमार सिन्हा र नकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।
सुवेदीले एमाले सांसद सोमप्रसाद पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ गरेकाले उक्त मुद्दा आफुले हेर्न नमिल्ने इजलासलाई जानकारी दिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसदको वैधानिकतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोगलाई विपक्षी बनाइ गत भदौमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया