NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

युट्युबर मनोजलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका युट्युबर मनोज मानवलाई ७ दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ ।

प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार महतोलाई जिल्लाले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्न आदेश दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा उनलाई आज पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष