उपत्यकाका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का सार्वजनिक सवारी साधनमा लागू जोरबिजोर प्रणाली अन्ततः हटेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको शुक्रबारको बैठकले शनिबारदेखि लागू हुनेगरी यसअघिको जोरबिजोर प्रणाली खारेज गर्ने निर्णय गरेको हो ।
निजी सवारी साधन र ट्याक्सीमा भने पूर्ववत् जोरबिजोर प्रणाली लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।
कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि त्यसविरुद्ध सतर्कता अपनाउँदै काठमाडौंमा जोरबिजोर प्रणाली लागू भएको थियो । यो निर्णयले सार्वजनिक सवारीमा थप भीडभाड बनाएको भन्दै चर्को आलोचना भएपछि उसले शुक्रबार पूर्व निर्णय परिमार्जन गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १९:५५:००
प्रतिक्रिया