NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

वालेटमा रकम भुक्तानी गर्ने सीमा अस्थायी रूपमा बढ्यो, दिनमा कतिपटकसम्म जम्मा गर्न सकिन्छ ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा बढेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो।

राष्ट्र बैंकले एक दिनमा  बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने गरी सीमा बढाएको हो। यसभन्दा अघि एक दिनमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । यो रकम जम्मा गर्ने अवधि भने अस्थायी रूपमा रहेको छ । राष्ट्र बैंकका अनुसार कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मलाई प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।