पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उद्धार विभागले जनाएको छ ।
जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रेलरले रिक्सालाई ठक्कर दिएर किच्दा एक दम्पती र उनीहरूका छोराछोरीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको विभागले बताएको छ ।
प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल पुर्याएका थिए । घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मर्नेको सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् ।
स्थानीय प्रहरीका अनुसार एउटा विवाहमा सहभागी हुन गएको अवस्थामा दुर्घटना भएको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया