गल्तीले पनि गुगलमा सर्च नगर्नुहोस् यी कुरा, जिन्दगीभर पछुताउनु पर्ला

काठमाडाैं । इन्टरनेट आजकल लगभग सबैको पहुँचमा छ। आजको समयमा इन्टरनेटबिना कुनै पनि काम बन्न मुस्किल भइसकेको अवस्था छ । हरेक कुराको खोजी गुगलबाटै हुने हुँदा यो अपहार्यजस्तै भइसकेको छ । स्कूल, कलेज वा अफिसको काममा आफुले सामना गर्ने समस्या समाधान गर्न धेरैले गुगलमा सर्च गर्छन् ।
तर तपाईंले के खोज्नु पर्छ र के गर्नु हुँदैन भन्ने बारे सोच्नुभएको छ ? यदि छैन भने आज हामी तपाईलाई केही यस्ता सामग्रीको बारेमा बताउन गइरहेका छौं जुन इन्टरनेटमा खोज्नु हुँदैन। यसो गर्दा तपाईलाई ठूलो हानी हुन सक्छ र जेल जानुपर्ने अवस्था पनि हुनसक्छ । यति मात्र होइन, जीवनभर आफूले गरेको सानो गल्तीलाई पछुताएर बस्नुपर्ने हुन सक्छ । यसको बारेमा विस्तृत हेराैँ।
कुनै पनि गैरकानूनी काम खोजी नगर्नुहोस्
इन्टरनेटमा धेरै सामग्री उपलब्ध छन्, तर यदि तपाइँ केहि आपराधिक सामग्री खोज्नुहुन्छ भने, यो तपाइँको लागि धेरै खतरनाक साबित हुन सक्छ। उदाहरणको लागि, बम बनाउन वा घरमा बन्दुक बनाउने विधि भनेर गुगलमा खोजी गर्दै हुनुहुन्छ भने तपाईको लागि महँगो साबित हुन सक्छ। त्यसैले गल्तीले पनि यो गैरकानुनी काम गुगलमा खोज्ने प्रयास नगर्नुहोस् ।
चाइल्ड पोर्नोग्राफी
नेपाल सरकारले पोर्नोग्राफी वा अस्लिल सामग्रीसम्बन्धी साइटमा बन्धेज लगाएको छ । यो गैरकानुनी पनि हो । त्यसमा पनि चाइल्ड पोर्नोग्राफी एक गैरकानुनी मात्रै नभएर अपराधसमेत पनि हो । यससम्बन्धी कुनै पनि सामग्री गुगलमा खोजी गर्ने क्रममा गैरकानूनी कुनै काम गरेको भेटिएमा, यसले तपाईंलाई जेलसमेत जानुपर्ने अवस्था सिर्जना हुन सक्छ। यति मात्रै हैन पोर्नोग्राफी वेबसाइटहरूमा धेरै खतरनाक मालवेयरहरू छन्, जसले तपाईंको ह्यान्डसेट वा मोबाइल अकाउन्ट ह्याक गर्न सक्छ। (एजेन्सीको सहयोगमा)
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया