बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक

काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सात दिनका लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो ।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुने छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
साँवा र ब्याज भुक्तानी मिति मंसिर १३ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया