आजदेखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले आज (मंसिर ८) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले जारी चुक्तापुँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रूपैयाँ बराबरको प्रतिसेयर सेयर निष्काशन गरेको हो । उक्त सेयरमध्येको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारी, ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषको लागि र १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकको लागि छुट्याएको कम्पनीले जनाएको छ ।
बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया