युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश
गाजा । इजरायल र हमास बीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन्।
प्यालेस्टिनी सुरक्षा स्रोतले जसलाई नाम न छाप्ने शर्तमा बताएअनुसार ईन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।
योसँगै गाजा पट्टी र इजिप्ट बीचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ । हमासले प्रेस विज्ञप्तिमा भनेको छ, ‘युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजा पट्टीमा प्रवेश गर्नेछ।’
यसअघि कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागू भएको थियो ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया