४७ अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार ९ सय सात दशमलव ९५ अङ्कमा कायम भएको हो ।
आज दुई सय ९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर ६६ हजार पाँच सय १६ पटक खरिदबिक्री हुँदा रू २ अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रूपैयनन् बराबरको कारोबार भएको छ ।
आइतबार सबै उपसमूहमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको ४.४४ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ १.८७, विकास बैंक २.६३, वित्त ३.९१, होटल तथा पर्यटन १.८०, जलविद्युत ३.०६, लगानी १.९०, उत्पादन ३.१६, माइक्रोफाइनान्स २.०५, म्युचल फण्ड १.४१, नीर्जीवन ३.६७, अन्य १.८५ र व्यापार ३.५८ प्रतिशतले बढेको छ ।
आज छ्याङदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको सेयरका सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै इनफिनीटी लघुवित्तका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ११ करोड ६६ लाख ६७ हजार २६० बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया