१७ दिनदेखि सुरुङमा फसेका ४१ जनाको सकुशल उद्धार
एजेन्सी । विगत १७ दिनदेखि उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई बाहिर निकालिएको राज्य सरकारले जनाएको छ।
उत्तरकाशीमा बन्दै गरेको सुरुङ्गमा गत १२ नोभेम्बरका दिन काम गरिरहेका ४१ जना कामदार फसेका थिए । सुरुङ्गमा फसेका सबै ४१ जना कामदारलाई सकुशल उद्धार गरेर बाहिर निकालिएको बीबीसीले जनाएको छ।
उनीहरूको उद्धार भएसँगै सुरुङ आसपासमा खुसियाली मनाइएको छ भने बलिउड कलाकारहरु समेतले उद्धारमा खटिएकाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक(एक गर्दै निकालेका थिए। नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए।
अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत् भित्र फसेका ती मानिसहरूलाई अक्सिजन, खानेकुरा र पानी पठाएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया