खोसियो निगमको ग्राउन्ड ह्यान्डलिङ
काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको छ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त सेवा अब प्रतिस्पर्धाको आधारबाट छनौट भएको संस्थाले पाउने निर्णय गर्दै निगमको एकाधिकार खोसेको हो ।
हालसम्म विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा निगमकै एकाधिकार रहँदै आएको थियो । र, यो सेवा नै निगमको मुख्य आय स्रोत थियो ।
गत बिहीबार मात्रै युरोपियन युनियनले नेपाललाई कालो सूचीमा कायमै राखेको जानकारी गराएसँगै निगमको कमजोर व्यवस्थापनमाथि पनि प्रश्न गरेको थियो ।
प्राधिकरणको यो निर्णयसँगै अब ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्नका लागि खुल्ला प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया