NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिसिएमसीको सिफारिस, निजी सवारीकाे हकमा भने कायमै

काठमाडौं । तीव्र आलोचनापछि कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सार्वजनिक सवारीमा लगाइएको जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको बैठकले उक्त प्रणाली हटाउन सिफारिस गरेको हो । तर निजी र ट्याक्सी लगायतका सवारीमा भने जोर बिजोर प्रणाली कायमै राख्न सिफारिस गरेको छ ।

सिसिएसीका प्रवक्ता सुनिता नेपालका अनुसार मन्त्रिपरिषदलाई सार्वजनिक सवारीमा लगाइएको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरिएको हो ।

कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १८:०२:००