युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकेतः स्पेनी प्रधानमन्त्री
काठमाडौं । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकत देखिएको बताएका छन् । रुसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध किएभ बाहिरको सहर बुचामा अत्याचार गरेको बताइएको छ ।
‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्न सबै काम गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं, मानवताविरुद्ध हुने अपराधको विरुद्धमा प्रस्तुत हुने छौं’ उनले भने । ‘पुटिनको अनुचित आक्रामकताले युद्धलाई युरोपेली संघको ढोकामा फिर्ता ल्याएको छ’, उनले म्याड्रिडमा आर्थिक फोरममा भने ।
सान्चेज युक्रेनमा रुसको गतिविधिलाई नरसंहार भन्ने पहिलो इयू नेता हुन् । क्रेमलिनले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्यासँग सम्बन्धि आरोपलाई अस्वीकार गरेको छ ।
बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कन, जर्मनी, फ्रान्स, बेलायत, नेटोका नेताहरुले बुचामा रुसले गरेको नरसंहारले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी सेना फिर्ता भएपछि बुचाबाट बाहिर आएको तस्बिरमा देखिएको ‘सर्वधारणविरुद्धको क्रुरता’ हामीले दशकौंदेखि युरोपमा नदेखेको बताएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया