विमानस्थलबाट पुन: साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको बताए । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन् ।
गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो । सुराकीको आधारमा प्रहरीले फलो गरेको थियो । राति १२: ४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर छ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको ठकुरीले बताए ।
प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ । यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् ।
सोही विमानमार्फत गोरखाका चन्द्र घले गत बिहीबार १४ किलो सुनसहित पक्राउ परेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया