नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, यी कम्पनीले कमाए सर्वाधिक

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २ दशमलव ६० अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक २ दशमलव ६० प्रतिशतले बढेर एक हजार नौ सय ८८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
विभिन्न दुई सय ९२ कम्पनीका ८१ हजार ४५१ पटक कारोबारमा एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार बराबरको कारोबार भएको छ ।
आज चार उपसमूहबाहेक सबै समूहका उपसूचकमा हरियो देखिएको छ । घटेका चार उपसमूहरूमा होटल तथा पर्यटन १.६२, जीवन बीमा १.१४, नीर्जीवन बीमा १.३१ र व्यापार ०.०८ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहमा सबैभन्दा धेरै विकास बैंक १.१५ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.४०, वित्त ०.६४, जलविद्युत ०.४०, लगानी ०.२४, उत्पादन ०.८३, माइक्रोफाइनान्स ०.८२, म्युचल फण्ड ०.७८ र अन्य ०.३३ प्रतिशतले बढेको छ ।
आज बोटर्लस नेपाल र मोलुङ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको १४ करोड ६७ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट लिमिटेडको १२ करोड ६६ लाख ३८ हजार बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया