चार महिनामा ४२ अर्ब ४८ करोडको थप धितोपत्र सूचीकृत

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कार्तिकसम्ममा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ५४ करोड बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.१५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य रु.७८१ अर्ब ३८ करोड रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया