शिवम् सिमेन्टले कति बाँड्दैछ लाभांश ?
काठमाडाैं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । मंगलबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको १२३ औँ बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्तापुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत अर्थात ६२ करोड ७० लाख बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत अर्थात ३ करोड ३० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई बाँड्ने कम्पनीले जनाएको छ । कम्पनीले पुस २७ गते बार्षिक साधारणसभा बोलाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया