धनुषामा प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्युपछि स्थानीय आक्रोशित, अवस्था तनावग्रस्त
धनुषा । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका एक थुनुवाको गए राति मृत्यु भएको हो।
हिरासतमा रहेका स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।
मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको आरोप छ ।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको छ । त्यस क्रममा गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् ।
उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया