ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ।
कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।
अहिले स्थिती नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास हानेका छन् । परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। अहिले त्यहाँ सवारी आवागमन पनि अवरूद्ध बनेको छ भने ठूलो संख्यामा प्रहरी खटिएको छ।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया