सिटिजन्स बैंक र सिद्धि हाइड्रोपावरबिच कर्जा सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धि हाइड्रोपावर कम्पनीबीच १० मेटावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजना निमार्ण गर्न कर्जा दिने सम्झौता भएको छ ।
इलाम जिल्लाको साविक समलबुङ र जिर्मले गाविसमा उक्त आयोजना निमाण हुन लागेको हो । बिहीबार बैंकका प्रमुख कन्र्सोटियम रोशन मल्ल र सिद्धि हाइड्रोपावर कम्पनीका प्रबन्ध संचालक सन्तोष राज नेपालले सो कर्जा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
परियोजनाको अनुमानित लागत करीब एक अर्ब ७३ करोडमा बैंकले एक अर्ब २० करोड बराबरको कर्जा दिने उक्त सम्झौतामा उल्लेख छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट र वर्षामा ४६.९११ गिगावाट घण्टा गरी वार्षिक ५५.७१६ गिगावाट विद्युत उत्पादन गर्ने छ ।
सिटिजन्स बैंकले हाल देशभरका आफ्ना १९० शाखा, १५१ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया