माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ
काठमाडौं । डा. गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको छ।
सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै माइतीघरमा आन्दोलन गर्न पुगेका डा. केसी लगायतका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निषेधित क्षेत्रमा आन्दोलन गर्न गएकाले नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
हाल माइतीघर मण्डल निधेषित क्षेत्र हो । तर, केसीलगायतका नागरिक भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीे उनीहरुलाई पक्राउ गरेको हो ।
डा. केसीले माइतीघर निषेधित क्षेत्र नभएको बताउँदै अदालतको आदेश देखाउन भनेका थिए।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया