आज राष्ट्रियसभा सदस्य उम्मेदवारविरूद्ध दाबीविरोध र उजुरी दिन सकिने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरूद्ध आज उजुरी दिन सकिनेछ।
निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।
उम्मेदवारविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
त्यस्तै, पुसको २७ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ। र, त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
माघ ११ गते १९ पदका लागि हुने निर्वाचनमा ८ पार्टीका ५२ जना उम्मेदवारले सोमबार मनोनयन दर्ता गराएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया