कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताएका छन् ।
पार्टी निकट विद्यार्थी विशेष कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको बताए ।
राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, “सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन ।”
कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताए ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया