एक हजार पाइने लोभमा वडाध्यक्षको छोरा अपहरण, बालकको सकुशल उद्धार

मोरङ । मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
अपहरणको आरोपमा मोरङ प्रहरीले बुधबार जहदा– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादवलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहाललेका अनुसार अपहरणमा परेका १० वर्षीय बालकको सकुशल उद्धार गरिएको छ ।
बुधबार दिउँसो दुई बजेतिर घर नजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कुलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका थिए।
अभिषेकको दाजु बस्ने घरमा बालक राख्न खोज्दा विवाद भएको र बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला गरेपछि बालको उद्धार गर्दै अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तीनै जना एक हजार पाइने लोभमा परिचालित भएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । अपहरण गराउने मुख्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया