रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री
रुस । रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस बारे जनाकारी गराएका छन्।
‘रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता हो । अन्न र मलको सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिने छ।’
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनले भर्खरै पश्चिमी देशहरूले खाद्य, खनिज मल, रसद र भुक्तानीमा लगाएको प्रतिबन्धले विश्व भोकमरीको समस्या बढेको स्वीकार गरेको रुसका उपप्रधानमन्त्रीले बताएका छन् ।
गत वर्ष जुलाईमा रुस-अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व खाद्य कार्यक्रमको सूचीमा रहेका ६ अफ्रिकी देशलाई रुसले मानवीय सहायताका रूपमा अन्न पठाउने बताएका थिए ।
कृषि अधिकारीहरूका अनुसार सोमालिया र बुर्किना फासोका लागि प्रत्येक २५ हजार टन गहुँ बोकेका दुई जहाजहरू नोभेम्बरको मध्यमा रूसबाट त्यसतर्फ प्रस्थान गरेका थिए।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया