कांग्रेसको उम्मेदवार छनोटमा विवाद हुँदा धादिङमा झडप, गाउँपालिका अध्यक्ष घाइते

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार छनोट गर्ने विषयमा विवाद उत्पन्न हुँदा धादिङको खनियावासमा दुई पक्षबीच झडप भएको छ । घटनामा खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङलगायत केही घाइते छन् ।
कांग्रेसले मंगलबार सो गाउँपालिकामा उम्मेदवार तय गर्न बैठक ढाकेको थियो । सो क्रममा विवाद उत्पन्न हुँदा कांग्रेसका राजु पाख्रिनले ढलोटको कचौराले आफूमाथि आक्रमण गरेको गाउँपालिका अध्यक्ष तामाङले दाबी गरेका छन् । आक्रमणबाट उनको नाकमा चोट लागेको छ ।
आक्रमणमा संलग्नको आरोपमा प्रहरीले पाख्रिनलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया