सत्ता गठबन्धनको सिट बाँडफाँट : यस्ता छन् पाँच दलका पाँच प्रस्ताव
काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटको मापदण्डबारे फरक फरक प्रस्ताव अघि सारेका छन् ।
गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले आफूअनुकूल तालमेल प्रस्ताव ल्याएको कान्तिपुरमा खबर छ ।
समाचारअनुसार, कांग्रेसले गत निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ, उसले लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख लिने गरी प्रस्ताव गरेको छ ।
माओवादी केन्द्रको मतचाहिँ ०७४ मा जसले जहाँ जितेको छ, उसले लिने र एमालेले जितेका ठाउँमा गठबन्धनमा रहेका दलहरूको संसदीय शक्तिअनुसार भागबण्डा गर्नेछ ।
नेकपा एसले ०७४ मा एमालेले जितेका सिट आफूले पाउनुपर्ने दाबी गरेको छ । त्यसो नभए एमालेलाई हराउन सक्ने शक्ति र संसदको शक्तिअनुसार सिट छुट्याउनुपर्ने उसको राय छ ।
०७४ को निर्वाचनपछि विभिन्न पार्टीबीच एकीकरण भएकाले नयाँ शक्ति सन्तुलनअनुसार सिट टुंग्याउनुपर्ने जसपाको धारणा छ । आफ्नो प्रभाव रहेका प्यूठान, बागलुङ, अर्घाखाँचीलगायत जिल्लामा आफूहरूले नेतृत्व पाउनुपर्ने जनमोर्चाको दाबी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया