पाँच प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । पाँच प्रदेशमा आज वर्षाको प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको आकलन गरेको हो ।
महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार, यी पाँच प्रदेशका एक/दुई स्थानमा बुधबार हल्का वर्षाको सम्भावना छ । वर्षाको सम्भावना रहेका स्थानबारे भने महाशाखाले केही खुलाएको छैन ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा आज हल्का हिमपात हुने अनुमान छ ।
बिहीबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भए पनि वर्षाको आकलन गरिएको छैन ।
महाशाखाका मौसमविदहरूका अनुसार, शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दूई स्थानमा हल्का वर्षा तथा गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
नेपालमा हाल पश्चिम वायुको आंशिक प्रभाव देखिएको छ । यही वायुको प्रभावले केही दिनयता मौसममा बदली आएको मौसमविदको भनाइ छ ।
मौसमविदहरूले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरे पनि अहिलेसम्म पानी परेको छैन । आफूले गरेको प्रक्षेपण नमिलेपछि मौसमविदहरूले यसमाथि समीक्षा थालेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया