बालेनवाहेक हर्क साम्पाङ र गोपाल हमालले पनि गरेनन् मतदान
काठमाडौं । तीन प्रमुख शहरका मेयरहरुले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिएनन् ।
राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि आज भएको मतदानमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाका मेयरहरुले चुनावमा भाग नलिएका हुन् ।
काठमाडौं महानगरका मेयर बालेन शाह कार्य व्यवस्तताका कारण मतदान गर्न नगएको उनको सचिवालयले जनाएको छ । उनी बागमतीका मतदाता हुन् ।
त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि चुनावमा भाग लिएनन् । उनी कोसी प्रदेशका मतदाता हुन् ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि कार्य व्यवस्तताका कारण मतदान गर्न नभएको उनको सचिवालयले जनाएको छ । उनी सुदूरपश्चिम प्रदेशका मतदाता हुन् ।
तीनैजना मेयर स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया