थुनुवा लिएर भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका प्रहरी जवान पक्राउ परेका छन् ।
नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई १६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।
लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रूपैयाँ पाउने आशामा भगाएका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया