यू–१९ विश्वकप : नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तानलाई परास्त गर्दै सुपर सिक्समा प्रवेश गरेको नेपालले आज बंगलादेशसँग खेल्ने भएको हो ।
समूह चरणको प्रस्तुतिका आधारमा नेपाल सुपर सिक्सको समूह १ को पाँचौं स्थानमा छ । बङ्गलादेश समूह चरणमा ३ खेलमा २ जित र एक हारका साथ समूह ‘ए’बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो भने न्यूजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोरेको नेपालले अफगानिस्तानलाई मात्र हराएको थियो ।
मंगलबार सम्पन्न सुपर सिक्सको पहिलो खेल भारत र पाकिस्तानले जितिसकेकाले नेपाल सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ । तथापि, नेपाल आजको खेलमा बंगलादेशलाई परास्त गरेर आफ्नो अवस्था सुदृढ पार्न चाहन्छ ।
प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।
सुपर सिक्समा ६ देश प्रवेश गरेका छन् । यी देशले दुई–दुई खेल खेलेपछि शीर्ष स्थानका दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया