माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने गुरुङ पक्राउ
काठमाडौं । आकर्षक तलबमा माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्रि पक्राउ परेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलिले बानेश्वरबाट ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती बस्दै आएका गुरुङले पटक-पटक गरी पीडितबाट ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।
गुरूङले माल्टाको प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया