आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् ।
बैठकमा परिषद्को पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ ।
परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो । सो बैठकमा संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय भएको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया