NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

कलंकी नापीका सर्वेक्षकसहित दुई घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो ।

चौलागाईसँग ४५ हजार र पोखरेसँग ५५ हजार घुस बरामद भएको छ । उनीहरूले एक सेवाग्राहीसँग एक लाख घुस लिएका थिए । जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिन उनीहरुले घुस लिएका हुन् । उनीहरु नापी कार्यालयबाटै पक्राउ परेका हुन् ।