कविताको हत्यामा सरिताको संलग्नता, सामान्य रिसमा हत्या

उदयपुर । बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
प्रहरीले सरिता र विनोद ढकाल कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै प्रहरीले उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो । कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मङ्गलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल जाँदै गर्दा उनको हत्या भएको थियो ।
प्रहरीकाअनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययरनत रहँदै आएको प्रहरीले बताएको छ । कविता र सरिताबीच झगडा रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेको कारण सरिताले सहन नसकेर ठूलाबुबाको छोरा विनोद ढकाललाई भनेर कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जङ्गलसम्म गएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।
बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकामा हानेपछि कविता भुइँमा बेहोस भई लड्न पुगेको तथा सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुङ्गा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया